राजगञ्जका विधायकको पहलमा बेलाकोवाको विभिन्न इलाकामा सेनिटाइज

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले बेलाकोवाको विभिन्न इलाकाहरूमा सेनिटाइज गर्ने पहल गरे। विधायकको घर नजिक हिजो केही पीपीई किट फ्याकिएको देखेपछि इलाकाका मानिसहरू आतङ्कित बनेका थिए।


यसपछि राजगञ्ज पुलिसद्वारा उक्त फ्याकिएको पीपीई किटहरू जलाइयो। यसैले आज विधायकको पहलमा फाराबारी हेल्प सोसाइटीको सहयोगमा विधायकको घर, इलाकाको एकजना कोरोना संक्रमितको घर लगायत बेलाकोवा बजार तथा विभिन्न ब्याङ्कको शाखाहरूमा सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *