राजगञ्जको बिहारुहाटस्थित फ्याक्ट्रीबाट झुन्डिएको अवस्थामा श्रमिकको शव उद्धार

राजगञ्ज (निसं): राजगञ्जको बिहारुहाटस्थित एउटा फ्याक्ट्रीबाट झन्डिएको अवस्थामा श्रमिकको शव उद्धार भएको छ। मृतक श्रमिक बाँकुडा जिल्ला निवासी सञ्जय गोपको रूपमा चिन्हित गरिएको छ। सन्न्यासीकाटाको बिहारुहाट इलाकामा पोल्ट्रीको अण्डाबाट चल्ला बनाउने एउटा ह्याचरी छ। त्यहाँ लगभग 60 जना श्रमिकहरूले काम गर्दछन्। हिजो राति लगभग 8 बजी फ्याक्ट्रीबाट झुन्डिएको अवस्थामा उक्त श्रमिकको शव उद्धार भएको बताइएको छ। घटनाको खबर फैलिनसाथ स्थानीय मानिसहरूको भीड जम्न थाल्यो। स्थानीय मानिसहरूको आरोप अनुसार फ्याक्ट्रीको लेबर इन्चार्जले श्रमिकहरूमाथि अत्याचार गर्ने गर्दछ। श्रमिकको मृत्युको लागि लेबर इन्चार्ज जिम्मेवार रहेको स्थानीय मानिसहरूले आशंका व्यक्त गरे। यसै उक्त घटनाको गम्भीरताले जाँच गरिनुपर्ने तिनीहरूले माग गरेका छन्। फ्याक्ट्रीका अकाउनन्टेंट प्रियजीत रायले बताएअनुसार सञ्जय नाम गरेको श्रमिकले हिजो नाइट सिफ्टमा ड्युटी रहेकोले गर्दा तिनी दिउँसो फ्याक्ट्रीको कोठामा सुतिरहेको थियो। यसपछि राति 8 बजी ड्युटीको समय भएकोले गर्दा अन्य एकजना श्रमिकले सञ्जयलाई बोलाउन जाँदा झुन्डिरहेको अवस्थामा तिनको शव देखेको बताइएको छ। राजगञ्ज थाना पुलिसले दिएको जानकारी अनुसार बिहारूहाटको ह्याचरीबाट झुन्डिएको अवस्थामा एकजना श्रमिकको शव उद्धार भएको छ। लेबर इन्चार्जले श्रमिकहरूमाथि दुर्व्यवहार गर्ने गरेको गाउँलेहरूको आरोप रहेको छ। यसैले गर्दा  लेबर इन्चार्जलाई हिरासतमा लिएको छ। यदि मृतकको परिवारका सदस्यहरूले लिखित अभियोग दर्ता गरे लेबर इन्चार्जविरुद्ध मामिला दर्ता गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom