राजगञ्जको पातकाटा तथा बेलाकोबा क्षेत्रमा चितुवाको आतङ्क

राजगञ्ज : जलपाईगढीको पातकाटा तथा बेलाकोबा ग्राम पञ्चायत क्षेत्रमा केही दिनदेखि चितुवाको आतङ्क देखापर्यो। बेलाकोबा अञ्चलका डाङ्गापारा र मन्थनी इलाका बाहेक पातकाटा क्षेत्रको पाद्रीकुटिर, लेबुडाङ्गा र नाहाटा चियाकमानमा चितुवा देखापर्यो। गत बुधबार नाहाटा चियाकमानमा चियापत्ती टिपिरहेको समय  एकजना श्रमिकलाई चितुवाले हमला गरेर घाइते बनाएको छ। यसपछि वन विभागद्वारा चितुवा पक्रनको लागि चियाकमानमा खोर थापेको छ। यसैबीच आज फेरि स्थनीय मानिसहरूले चितुवा देखेपछि इलाकामा आतङ्कको माहौल देखापर्यो। स्थनीय मानिसहरूले उक्त चितुवालाई चाँडोभन्दा चाँडो पक्रने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *