राजगञ्ज : राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत सिपाहीपाडा इलाकामा लगभग 1 किलोमिटर सडक निर्माण कार्यको राजगञ्जका विधायक खगेश्वर रायले आज शिलान्यास गरे। उक्त सडक विधायक कोषबाट लगबघ 16 लाख रुपियाँ लागतमा निर्माण गरिने भएको छ। यस विषयमा विधायक खगेश्वर रायले भने, यो एउटा महत्वपूर्ण सडक हो। धेरै दिन अघिदेखि इलाकावासीहरूले उक्त सडकको निर्माण गरिदिने माग गर्दै आइरहेकोले आज यसको शिलान्यास गरिएको हो। सडक निर्माण भएपछि इलाकावासीहरूलाई निक्कै सुविधा हुनेछ। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, डीपीएसीका चेयरम्यान लक्ष्यमोहन राय, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक सभापति अरिन्दम ब्यानर्जी, तृणमूल कङ्ग्रेसको राजगञ्ज ब्लक युवा सभापति तुषार कान्ति दत्त, बिन्नागढी ग्राम पञ्चायतका प्रधान शशीभूषण बर्मन पञ्चायत सदस्य बन्दना दास लगायत अन्य उपस्थित थिए।
