राजगञ्जमा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

राजगञ्ज: राजगञ्जको महेन्द्रनगरमा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्तिको नाम अशोक शील (55) बताइएको छ। प्राप्त जानकारी अनुसार अशोक शील पेशाले रङ्ग मिस्त्री थिए। तिनको परिवारमा स्वास्नी छोरा-छोरी छन्। हिजो साँझ तिनी घरमा आएर कोठामा पसेपछि धेरै समय बितिसक्दा पनि कोठाबाट बाहिर ननिस्किँदा कोठामा गएर हेर्दा तिनलाई झुन्डिएको अवस्थामा भेट्टाएको बताइएको छ। यसपछि परिवारका सदस्यहरूले तत्कालै तिनलाई उद्धार गरेर राजगञ्ज ग्रामीण अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। के कारणले गर्दा तिनले आत्महत्या गरेको हो भन्ने विषयलाई लिएर परिवारका सदस्यहरू अन्योलमा छन्। राजगञ्ज थाना पुलिसले आज बिहान शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाईगढी जिल्ला अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO