राजगञ्जमा किशोरीसित दुष्कर्म गरेको आरोपमा व्यक्ति पक्राउ

राजगञ्ज : किशोरीसित दुष्कर्म गरेको आरोपमा राजगञ्ज पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 50 वर्षीय खिरेन रायको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार आरोपी खिरेन उक्त किशोरीको छिमेकी थिए। उक्त किशोरी खिरेनको घरमा टीभी हेर्न जाने गर्थिन्। परिवारको तर्फबाट किशोरीको शारीरिक जाँच गर्दा तिनी गर्भवती रहेको थाहा पाएपछि उक्त किशोरीले घटनाबारे परिवारका सदस्यहरूलाई विस्तृत रूपमा बताइन्। पीडिताको परिवारको आरोपअनुसार गत फरवरी महिनामा साँझको समयमा किशोरी छिमेकी खिरेन रायको घरमा टीभी हेर्न गएकी थिइन्। घर फर्किरहेको समय बाटोमा खिरेनले उक्त किशोरीसित जबरजस्ती दुष्कर्म गरेपछि यसबारे कसैलाई बताएको खण्डमा मार्ने धम्की समेत दिएका थिए। पीडिताको परिवारका सदस्यहरूले घटनाबारे बेलाकोवा थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले आरोपी खिरेनलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibom