राजगञ्जमा मिठाई दोकानबाट 15 वर्षीय किशोरको झुन्डिएको अवस्थामा शव उद्धार

राजगञ्ज : राजगञ्जको चौलहाटीमा एउटा मिठाई दोकानबाट 15 वर्षीय किशोरको झन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक किशोर असम निवासी 15 वर्षीय आजिजुल हकको रूपमा चिन्हित गरिएको छ। मृतक आजिजुल राजगञ्ज चौलहाटीको एउटा मिठाई दोकानमा काम गर्दथे। स्थानीय सूत्रले दिएको जानकारीअनुसार लगभग 1 वर्ष अघि उक्त किशोर कामको खोजीमा यहाँ आएपछि चौलहाटीको एउटा मिठाई दोकानमा तिनले काम गर्न थाले। राति त्यहीँ दोकानमा बस्ने गर्थे। प्रत्येक दिन झैँ हिजो पनि खाना खाइसकेर दोकान बन्द गरी उक्त किशोर सुतेपछि आज बिहान दोकान नखोल्दा सन्देह लागेर दोकानको दैलो भत्काएर हेर्दा घाटीमा पासो लगाएर झुन्डिरहेको अवस्थामा आजिजुलको शव उद्धार भएको बताइएको छ। यसपछि घटनाबारे राजगञ्ज थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *