राजगञ्ज : जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले आज राजगञ्जमा पक्का सड़कको निर्माण कार्यको शिलान्यास गरिन्। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत चटकियाभिटा इलाकामा जलपाईगढी जिल्ला परिषदको पहलमा आज लगभग 26 लाख रुपियाँको लागतमा पक्का सड़कको निर्माण कार्यको शिलान्यास गरियो। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मनले भनिन्, स्थानीय मानिसहरूले धेरै समय अघिदेखि इलाकामा पक्का सड़कको माग गरिरहेकोले गर्दा आज पक्का सडकको निर्माण कार्यको शिलान्यास गरियो। यो सड़क एउटा महत्वपूर्ण सड़क हो। उक्त सडकको निर्माण भएपछि इलाकाका मानिसहरूलाई निक्कै लाभ पुग्नेछ। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिकी सभाधिपति पूर्णिमा राय, बिन्नागढी ग्राम पञ्चायत प्रधान शशि भूषण बर्मन लगायत अन्य उपस्थित थिए।