राजगञ्जमा सड़क दुर्घटनामा 2 जनाको मृत्यु

राजगञ्ज : राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायत अन्तर्गत फकटिया मोड़मा मर्मान्तिक सड़क दुर्घटनामा दुईजना  युवकको मृत्यु भएको छ। मर्नेहरूमा राजगञ्जको बेलाकोवा निवासी उत्तम भट्टाचार्य र सिलगढी संलग्न ठाकुरनगर निवासी सुदेप बर्मन सामेल छन्। प्राप्त जानकारीअनुसार आज बिहान फकटिया मोड़ इलाकामा गोजालडोबातर्फ गइरहेको एउटा ट्रकसित विपरीत दिशाबाट आइरहेको एउटा सानो वाहन आपस्तमा ठोक्किँदा वाहनमा सवार दुईजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि आशंकाजनक अवस्थामा दुईजना घाइतेलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएपछि त्यहीँ उपचाराधीन अवस्थामा तिनीहरू मृत्यु भएको बताइएको छ। बेलाकोवा आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *