राजगञ्जमा सडक तथा स्नान घाट निर्माण कार्यको विधायकद्वारा शिलान्यास

राजगञ्ज (निसं): राजगञ्जका विधायक खगेश्वर रायले सडक एवम् स्नान घाट निर्माण कार्यको शिलान्यास गरे। राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत लक्ष्मीजोत इलाकामा आज लगभग 200 मिटर सडक तथा आमबारीको करतोआ नदी तटमा माँ गङ्गा मन्दिर नजिक स्थायी स्नान घाट निर्माण कार्यको शिलान्यास गरियो। विधायक निधिबाट लगभग 7 लाख रुपियाँको लागतमा उक्त कार्य गरिरहेको छ। यस सम्बन्धमा राजगञ्जका विधायक खगेश्वर रायले भने, इलाकावासीले धेरै समय अघिदेखि सडक तथा स्नानघाटको माग गरिरहेकोले गर्दा आज उक्त कार्यको शिलान्यास गरिएको हो। यसले साधारण मानिसहरू लगायत भक्तहरूलाई निकै फाइदा पुग्नेछ। यस अवसरमा बिन्नागढी ग्राम पञ्चायत प्रधान समीजुद्दीन अहमद, पूर्व उपप्रधान तुषार दत्त, विजय दास, कनाईलाल विश्वास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO