राजगञ्ज पुलिस तथा बेलाकोबा आउटपोस्ट पुलिसद्वारा ‘सेफ ड्राइभ, सेभ लाइफ’ दिवस पालन

राजगञ्ज : राजगञ्ज थाना तथा बेलाकोबा आउट पोस्ट पुलिसले सेफ ड्राइभ, सेभ लाइफदिवस मनायो। पाँच वर्ष पुरा भएको अवसरमा आज राजगञ्ज बजारदेखि फाटापुकुरसम्म एउटा जागरूकता र्‍याली निकालेर सेफ ड्राइभ, सेभ लाइफ दिवस पालन गरियो। यस अवसरमा यातायात पुलिससित जडित सिभिक भोलेन्टियर्सलाई राजगञ्जका बीडीओ एनसी शेर्पा र राजगञ्ज थानाका आईसी पंकज सरकारले छाता प्रदान गरे। अर्कोतिर, हेलमेट नलगाएका बाइक चालकहरूलाई बेलाकोबा आउटपोस्ट पुलिसले गुलाबको फुल दिएर हेलमेटको महत्वबारे जानकारी गराउँदै हेलमेट लगाउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *