राजगञ्जमा बाँसघारीबाट 8 फिट लामो अजिङ्गर उद्धार

राजगञ्ज, 24 सितम्बर (निसं): राजगञ्जमा बाँसघारीबाट आठ फिट लामो अजिङ्गर उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत महानपाडा इलाकामा चिया बगान बीचमा रहेको बाँसघारीमा स्थानीय मानिसहरूले एउटा विशाल अजिङ्गर देखे। यसपछि यसबारे ग्रीन जलपाईगढी स्वंयसेवी संगठनलाई जानकारी दिए। खबर पाउन साथ ग्रीन जलपाईगढी स्वयंसेवी संगठनका सचिव अंकुर दास र खेल सचिव विवेक झा घटनास्थलमा आइपुगे अनि बाँस काटेर उक्त अजिङ्गरलाई उद्धार गरे। उक्त आठ फिट लामो बर्मीज अजिङ्गरलाई वन विभागको हातमा सुम्पिदिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *