राजगञ्जका विभिन्न स्थानमा नेताजी सुभाषचन्द्र बोसको जन्म जयन्ती पालन

राजगञ्ज, 23 जनवरीः राजगञ्जका विभिन्न स्थानमा आज नेताजी सुभाषचन्द्र बोसको 128औं जन्मजयन्ती मनाइयो। आज देशभरिकै विद्यालय, शैक्षिक संस्थान, क्लबहरू लगायत विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रमहरू बीच नेताजीको जन्मजयन्ती मनाइँदैछ। त्यसै अनुसार आज राजगञ्जका विभिन्न स्थानहरू फूलबारी, आमबारी, बेलाकोबा लगायत राजगञ्जभरिमैं नेताजीको जन्मदिन मनाइयो।
यस दिन, राष्ट्रिय झण्डा उत्तोलन गर्नका साथै नेताजी सुभाषचन्द्र बोसको प्रतिमामा माला तथा फूल चढाएर यो दिवस पालन गऱ्यो। यसको साथै यस अवसरमा आमबारीको राष्ट्रिय स्वयंसेवक संघको तर्फबाट आमबारी क्षेत्रमा एउटा रैलीको पनि आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *