राजगञ्जमा घरबाट झुन्डिएको अवस्थामा छात्राको शव उद्धार

राजगञ्ज (निसं): उच्च माध्यमिक परीक्षा उतीर्ण गरेका एकजना छात्राको शव तिनकै घरबाट झुन्डिएको अवस्थामा उद्धार गरिएको छ।  मृतकको नाम रीना राय हो। घटना राजगञ्ज ब्लकको पानीकौरी ग्राम पञ्चायतको बनियापाड़ा गाउँको हो। पारिवारिक सूत्र अनुसार सोमवार राति रीना अनि तिनको बहिनी खाना खाएपछि कोठामा सुत्न गएका थिए। आज बिहान रीनाको बहिनीले दिदी कोठामा नदेखेपछि आफ्नो आमा-बाबालाई यसबारे जानकारी दिए। यसपछि तिनको खोजी गर्दा घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा शव देखे। घटना पछि राजगञ्ज थाना पुलिसलाई यसबारे सूचना दिए। सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि अस्पतालमा पठाइदिए। राजगञ्ज थाना पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

MARScasibomcasibom girişCasibom Bonuscasibom mobil girişhttps://www.cellerini.it/girişcasibom girişcasibomcasibom girişbahsegelmarsbahiscasibom resmi girişcasibom