राजगञ्जमा हात्तीहरूको उत्पात, मानिसहरू आतङ्कित

राजगञ्ज (निसं): हात्तीको हमलामा एक घर पूर्ण ध्वस्त भएको छ। यसले गर्दा इलाकाका मानिसहरू आतङ्कित बन्न पुगेका छन्। घटना सोमवार अबेर राति राजगञ्ज ब्लकको बैकुण्ठपुर जंगल सङ्लग्न मन्तादारी ग्राम पञ्चायतको मेनघोरा इलाकामा घटेको हो।
स्थानीय सूत्र अनुसार, सोमवार राति लगभग तीन बजे चार वटा हात्तीहरूको एउटा समूहले मेनघोरा इलाकामा उत्पात मच्चाउनको साथै एउटा घर क्षतिग्रस्त पारिदिएको छ। यस वाहेक, यस इलाकाको केही रूखहरूलाई पनि हात्तीको दलले नोक्सान पुऱ्याएको छ।
केही समयसम्म उत्पात मच्चाए पछि हात्तीको दल जंगलतर्फ लागे। तथापि, उक्त घटनामा कुनै हताहत भएको खबर प्राप्त भएको छैन। अर्कोतिर, घटनाको खबर पाएर छानबिन गर्नको लागि मंगलवार बिहान आमबारी रेञ्जका वनकर्मीहरू घटनास्थलमा आइपुगेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş