सिलगढी: दार्जिलिङका सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको 100औँ मन की बात कार्यक्रममा अंश ग्रहण गरे। आज सिलगढीको झङ्कार मोडमा मन की बात कार्यक्रम ठुलो पर्दा देखाउने व्यवस्था गरिएको छ। धेरैजना भाजपा कार्यकर्ता तथा समर्थकहरूले आज यहाँ एकसाथ बसेर प्रधानमन्त्रीको कार्यक्रम हेरेको बताइएको छ। यस कार्यक्रममा सांसद राजु विष्ट, सिलगढीका विधायक शंकर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन सहित भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।