राज्यका केही मन्त्रीहरूबाट विभाग खोसिने, मन्त्री परिषद्को पुर्नगठन गरिने

कोलकाता : राज्यका पूर्व शिक्षा मन्त्री तथा हाल उद्योग वाणिज्य मन्त्री पार्थ च्याटर्जीलाई ईडी-ले शिक्षक नियुक्ति घोटाला प्रकरणमा पक्राउ गरेपछि अब सम्भवतः 4-5 जना वर्तमान मन्त्री पदमा रहेका तृणमूल कङ्ग्रेसका विधायकहरूलाई तिनीहरूको मन्त्री पद हटाएर अन्य विधायकलाई भार सुम्पिने सूत्रले जनाएको छ। उक्त विषयलाई लिएर आउँदो बुधबारको दिन अपरान्ह 4 बजी मन्त्री परिषद्को एउटा बैठक गरिने भएको छ। उक्त बैठकमा मन्त्री परिषद पुर्नगठन गरिने बताइएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा सम्पन्न हुने उक्त बैठकमा नयाँ 4-5 जना विधायकहरूलाई विभाग सुम्पिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *