राज्यपाल जगदीप धनखडसित भेट गरे दार्जिलिङ र कालेबुङका विधायकले

दार्जिलिङ : दार्जिलिङका विधायक निरज जिम्बा र कालेबुङका विधायिका सरिता राईले पश्चिम बंगालका राज्यपाल जगदीप धनखडसँग सिलगढीको स्टेट गेस्ट हाउस भेट गरेर आ-आफ्नो क्षेत्रका विभिन्न समस्याबारे जानकारी गराए। गोरामुमो पार्टी सूत्रले दिएको जानकारी अनुसार दार्जिलिङ अनि कालेबुङ जिल्लाको विभिन्न समस्याहरूलाई लिएर विधायक निरज जिम्बा अनि सरिता राईले राज्यपाललाई सिलगढीस्तित गेस्ट हाउसमा भेट गरे। यस भेट अवधि तिनीहरूले आ-आफ्नो क्षेत्रका विविध समस्या तथा मुद्दाहरूबारे चर्चा गर्नको साथै यसबारे राज्यपाललाई अवगत गराए। यसको साथै आगामी नोभेम्बर महिनामा दार्जिलिङ भ्रमण अवधि राज्यपालले यी दुवै विधायकलाई दार्जिलिङको राज्यपाल भवनमा निमन्त्रणा दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibombahsegelcasibomjojobetjojobet girişjojobet