राज्य सरकार र जीटीए-को कोल्टे नीति विरुद्ध मंगलबार दार्जिलिङमा श्रमिकहरूको जुलूस

दार्जिलिङ: चिया श्रमिकहरूको बोनस लगायत राज्य सरकार अनि स्थानीय सरकार जीटीए-ले गरेको कोल्टे नीतिको विरुद्ध जोइन्ट फोरमको आयोजनामा भोली मंगलबार दार्जिलिङमा सहरमा एउटा विराट जुलूसको आय़ोजना गरिएको छ। यसबारे गोजमुमो-को श्रमिक संगठन डीटीडीपीएलयु-का केन्द्रीय अध्यक्ष सुरज सुब्बाले जानकारी गराएका छन्। तिनले बताए अनुसार चिया श्रमिकहरूको हितमा गरिएको उक्त जुलूस भोली मंगलवार 10 बजीदेखि दार्जिलिङको जीडीएनएस मैदानदेखि शुरू भएर सहरको विभिन्न पथहरू हुँदै अन्तमा डीएम अफिल पुगेर समापन हुनेछ। यसर्थ उक्त जुलुसमा आ-आफ्नो सङ्घ,-संस्थान तथा युनियनको झन्डा बोकेर श्रमिकहरूको हितमा भेला भइदिने तिनले अपिल गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *