खोरीबारी : रक्षा बन्धनको अवसरमा उत्तर बंग संस्कृति रक्षा मञ्च तथा बतासी शारदा शिशु तीर्थको तर्फबाट रक्तदान शिविरको आयोजना गरियो। उत्तर बंग संस्कृति रक्षा मञ्च सिलगढी विभागका सम्पादक अशोक गाङ्गुली, खोरीबारी स्वास्थ्य केन्द्रका ईम्दादुल रहमान तथा अतिथिहरूले दीप प्रज्ज्वलन गरेर शिविरको उद्घाटन गरे। बतासी शारदा शिशु तीर्थका प्रधानाध्यापक बिमल सिन्हाले रक्षा बन्धन पर्वको अवसरमा सिलगढी तराई ब्लड ब्याङ्कको सहयोगमा बतासी शारदा शिशु तीर्थमा रक्तदान शिविरको आयोजना गरिएको साथै शिविरमा 50 युनिट रगत संग्रह गरिएको बताए।
