खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 19 फाटक डाँडा सार्वजनिक भवनमा युवा कल्याण एवम् क्रीडा विभाग जीटीएद्धारा रक्षाबन्धन उत्सव 2021 सांस्कृतिक दिवस पालन गर्यो। कोरोना संक्रमणलाई ध्यानमा राखेर गत वर्ष झैँ यस वर्ष पनि सामान्य रूपमा पालन गर्दै संघ-संस्था एवम् गाउँ समाजका प्रतिनिधिहरूलाई मास्क वितरण गरियो। कार्यक्रमलाई सफल बनाउन मसिना नानीहरूलाई लिएर चित्रकला प्रतियोगिता एवम् सांस्कृतिक नृत्य राखिएको थियो भने खरसाङ नगरपालिका उपाध्यक्ष सुवास प्रधान मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यसरी नै भूतपूर्व नगर-पार्षद एवम् वरिष्ठ नागरिक साथै स्रष्टा कलाकार विनोद प्रकाश शर्मा, फाटक डाँडा वेलफेयर सोसाइटीको पक्षबाट दिलीप मुखिया, पेम्बा यल्मो, सुबोध शर्मा, सहदेव मुखिया, उजेरी बस्ती गाउँ समाजका सदस्य सन्तोष पहारी, सुवास मुखिया, सिरिसे गाउँ समाजका सुरेन छेत्री, महानदी घुम्तीबाट सीबी प्रधान अथितिको रूपमा उपस्थित थिए। चित्रकला प्रतियोगिता अंश ग्रहण गर्ने नानीहरूलाई खदा लगाएर पुरस्कार वितरण मुख्य अतिथि खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधानको बाहुलीबाट सम्पन्न गरियो।
