रक्षामन्त्री राजनाथ सिंहसित भाजपा जिल्ला कमिटीको बैठक

बाघडुग्रा: रक्षामन्त्री राजनाथ सिंहलाई आज बाघडुग्रामा भाजपा दार्जिलिङ जिल्ला समितिको तर्फबाट भव्य रूपमा स्वागत जनाइयो। विमानबाट ओर्लिए पछि रक्षामन्त्री राजनाथ सिंहलाई विमानअड्डा परिसरमा सांसद राजु विष्टले दार्जिलिङ पहाड, तराई र डुवर्सका जनताको पक्षमा फुलको गुच्छा प्रदान गरेर स्वागत जनाए। यसको साथै भाजपा दार्जिलिङ जिल्ला समितिका पदाधिकारीहरुले रक्षामन्त्री राजनाथ सिंहसित बाघडुग्रामा एउटा महत्व पूर्ण बैठक पनि गरे।


यस अवसरमा दार्जिलिङका सांसद राजु विष्ट, विधायक बीपी बजगाई, विधायक नीरज जिम्बा, विधायक आनन्दमय वर्मन, दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव सुजन राई लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। बैठक अवधि प्रतिनिधि टोलीले भाजपाको चुनाउ संकल्प पत्रमा उल्लेखित मुद्दाहरू गोर्खाहरुको स्थायी राजनैतिक समाधान अनि छुटेका जात गोष्ठीको 11 जातिलाई जन-जातिकरणको प्रक्रियालाई चाँडो फत्ते गर्नेबारे जोड दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *