सिलगढी, 1 मार्च (निसं): श्री रामकृष्ण परमहंसको 190औं जयन्तीको अवसरमा सिलगढीको रामकृष्ण मन्दिरको तर्फबाट एउटा रंगारंग शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा सिलगढी नगर निगमका मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, सिलगढीका विधायक शंकर घोषसहित अन्य व्यक्तिहरू उपस्थित थिए। रामकृष्ण परमहंस जयन्तीको अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। यस शोभायात्रामा रामकृष्ण मन्दिरका सदस्यहरूका साथै विभिन्न धार्मिक संस्थानहरू र विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूले सहभागी जनाए। यस सम्बन्धमा रामकृष्ण मन्दिरका महाराज विश्वधरानन्दले भने, “श्री रामकृष्ण देवको जयन्तीको अवसरमा आज शोभायात्रासहित विभिन्न कार्यक्रमहरूको आयोजना गरिएको छ। यस शोभायात्रामा समाजका सबै वर्गका मानिसहरूले सहभागिता जनाएका छन्।”