रामकृष्ण मिशन जमिन मामिलामा अझ 2 जना पक्राउ, पक्रा पर्नेहरूको संख्या पुग्यो 13

सिलगढी (निसं) : सिलगढीमा रामकृष्ण मिशनको जमिन दखल गर्ने प्रयास गरेको मामिलामा अझ 2 जना आरोपीलाई पक्राउ गरेको छ। मन्दारमणिबाट पक्रा पर्नेहरूमा सिलगढीको शक्तिगर निवासी विधान हलदर (40) र सुभाषपल्ली निवासी सञ्जय शिकदर (32) को रूपमा चिन्हित गरिएको छ। रामकृष्ण मिशन जमिन मामिलामा हालसम्म 13 जना व्यक्ति पक्रा परिसकेका छन्। स्मरण रहोस, गत 19 मईको दिन भू-माफियाहरूले आग्नेयास्त्र तथा धारिलो हतियार देखाएर सिलगढीको सालुगढास्थित रामकृष्ण मिशनको जमिन कब्जा गर्ने प्रयास गरेका थिए।


घटना पछि यसबारे रामकृष्ण मिशनको तर्फबाट भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेपछि पुलिसले उक्त अभियोगको आधारमा जाँच गर्दै केजीएफ ग्रूपका सदस्यहरू लगायत 11 जना आरोपीहरूलाई एक-एक गर्दै पक्राउ गरेको थियो। यीमध्ये मुख्य आरोपी प्रदीप राय अनि केजीएफ ग्रूप-का मास्टरमाइन्ड आलोक दास पनि सामेल छन्। पुलिसले घटनाको जाँच पछि सोमवार मन्दारमणिबाट अझ 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो। पुलिस सूत्र अनुसार आरोपीहरूको सम्बन्ध कुख्यात भू-माफियासित रहेको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş