रामकृष्ण मिशनले अन्तत: 4 दिनपछि फिर्ता पायो जमिन, महाराजले प्रवेश गरे मिशनमा

सिलगढी (निसं): सिलगढीको रामकृष्ण मिशनले अन्तत: आफ्नो जमिन फिर्ता पाएको छ। चार दिन पछि आज बिहिबार भक्तिनगर थाना पुलिसको उपस्थितिमा महाराजले रामकृष्ण मिशनभित्र प्रवेश गरे। घटनाक्रम अनुसार, गत आइतबार सालुगढामा रामकृष्ण मिशन सेवक हाउसमा पसेर भू-माफियाहरूले रामकृष्ण मिशनका सन्त तथा सुरक्षा कर्मीहरूलाई कुटपिट गरेका थिए। यसको साथै भू-माफियाहरूले रामकृष्ण मिशनका महाराजलाई समेत त्यहाँबाट निकालिदिएका थिए। उक्त मिशनमा भू माफियाहरूले कब्जा गर्ने प्रयास गरेका थिए। उक्त घटनालाई लिएर सिलगढी लगायत सम्पूर्ण राज्यभरिमैं हो-हल्ला मच्चिएको थियो। रामकृष्णको जमिनमा कब्जा गरेको घटनालाई लिएर सिलगढी मेट्रोपलिटन पुलिसको भूमिकामाथि पनि विभिन्न प्रश्न उठ्न थालेको थियो। यसपछि सिलगढी मेट्रोपलिटन पुलिसले बिग्रँदो माहौललाई गम्भीरताको साथमा लिएर तीव्र गतिमा जाँच शुरू गऱ्यो। घटनाको तीन दिन पछि पुलिसले 5 जना आरोपीलाई पक्राउ गरेको थियो। यसपछि पाँचै जना आरोपीलाई अदालतमा पेश गरेर रिमान्डमा लिएको थियो। घटनाको चार दिन पछि आज रामकृष्ण मिशनका महाराजले पुन: सेवक हाउसमा प्रवेश गरेका छन्। सिलगढी भक्ति नगर थाना आईसीको नेतृत्वमा सेवक हाउसमा रामकृष्ण मिशनका महाराजलाई प्रवेश गराइयो। यसको साथै मिशनको जमिनको दायित्व आज पुन: महाराजलाई नै सुम्पिदिएको छ।
यस विषयमा जलपाईगढी रामकृष्ण मिशनका सचिव शिवो प्रेमानन्दो महाराजले भने, प्रशासनले सेवक हाउसलाई फेरि सुम्पिदिएको छ। यहाँ हुने दैनिक कार्य फेरि शुरू गरिने छ। यसको साथै हाउसका मानिसहरू प्रति जुन आरोप लगाइएको छ, कानूनी तरिकाले तिनीहरूले न्याय पाउने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom girişcasibom giriş