रामकृष्ण मिशन मामिला: केजीएफ ग्रूपका अझ एकजना सदस्य पक्राउ, हालसम्म 8 जना पक्राउ  

सिलगढी (निसं): सिलगढीमा रामकृष्ण मिशनको सम्पत्ति भू-माफियाहरूद्वारा कब्जा गर्ने प्रयास गरेको घटनामा भक्ति नगर थाना पुलिसले केजीएफ ग्रूपको अझ एकजना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी एमडी इरशाद हुन्। पुलिसले एमडी इरशादलाई गत राति सिलगढीको गाँधी नगर इलाकाबाट पक्राउ गरेको छ।  


स्मरण रहोस, सालुगाढास्थित रामकृष्ण मिशनको जमीनमा गत 19 मईमा भू-माफियाहरूले कब्जा गर्ने कोशिश गरेका थिए। उक्त घटनालाई लिएर राज्य सरकारको समेत आलोचना शुरू भएको थियो। विपक्षी पार्टीहरूले राज्य सरकारको कानून व्यवस्थामाथि प्रश्न उठाउन थालेका थिए। उक्त मामिला निक्कै चर्चामा आएपछि अन्तमा भक्ति नगर थाना पुलिसले घटनाको चार दिनपछि केजीएफ ग्रुपका 5 जना सदस्यहरूलाई पक्राउ गरेको थियो। यसपछि तिनीहरूलाई रिमान्डमा लिएर पुलिसले सोधखोज शुरू गरेको थियो। यसपछि घटनामा सामेल अझ 2 जना आरोपीलाई पक्राउ गरेको थियो। यसपछि भक्ति नगर थाना पुलिसले गत राति गाँधी नगर इलाकाबाट फेरि एकजना आरोपीलाई पक्राउ गरेको छ। रामकृष्ण मिशन मामिलामा पुलिसले हालसम्म 8 जना आरोपीलाई पक्राउ गरिसकेको छ। तथापि, मुख्य आरोपी प्रदीप राय अझसम्म निखोज रहेको बताइएको छ। तिनको खोजीमा सिलगढी भक्ति नगर थानादेखि लिएर एसओजी तथा डीडी-ले विभिन्न ठाउँमा हाल छापामार अभियान चलाइरहेको छ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş