रामनवमीको अवसरमा सिलगढीको मल्लागढीस्थित हनुमान मन्दिरबाट शोभायात्रा निकालिइने

सिलगढी : आगामी 10 अप्रेलमा रामनवमीको अवसरमा सिलगढीको मल्लागढी हनुमान मन्दिरबाट शोभायात्रा निकालिइने भएको छ। श्री रामनवमी महोत्स समितिका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराएका छन्। समितिका सचिव लक्षण बन्सलले बताएअनुसार कोरोना महामारीले गर्दा गत दुई वर्षदेखि रामनवमीको अवसरमा शोभायात्राको आयोजना गरिएन। आगामी 10 अप्रेल बिहान मल्लागढीस्थित हनुमान मन्दिरमा पुजा गरेपछि 10 बजेर 15 मिनटमा शोभायात्रा निकालिइनेछ। उक्त शोभायात्राले सिलगढी सहरको मुख्य सडकहरू एयरभ्यू मोड, सेभोक मोड, पानीट्याङ्की मोड, भेनस मोड वर्द्धमान रोड, जलपाईमोड हुँदै सिलगढी हिन्दी हाई स्कुलमा पुगेर समापन गरिनेछ। त्यहाँ भक्तहरूलाई प्रसाद वितरण गरिनेछ। यसको साथै चम्पासरी, शिवमन्दिर, घोगोमाली, फुलबारी, सालबारी, सालुगढाबाट शोभायात्रा निकालेर मुख्य शोभायात्रामा सामेल हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *