रंगापानी रेल दुर्घटनास्थलमा पुनर्स्थापनाको कार्य युद्धस्तरमा, मर्नेहरूको संख्या पुग्यो 11

सिलगढी (निसं): सिलगढीको रंगापानी रेल दुर्घटनास्थलमा युद्धस्तरमा काम गरेर ट्रेन सेवाहरूलाई पुनर्स्थापना गर्ने प्रयास रेलवेको तर्फबाट लगातार जारी रहेको छ। रेल दुर्घटना भएको हाल लगभग 24 घण्टा बितिसकेको छ। उक्त भयावह ट्रेन दुर्घटनामा हालसम्म कालेबुङ जिल्लाको गोरूबथान निवासी 37 वर्षीय पुलिस सव इन्सपेक्टर क्यालेब सुब्बा लगायत 11 जनाको मृत्यु भइसकेको आधिकारिक पुष्टी भएको छ, जसमा एकजना नानी पनि सामेल रहेको छ। प्राप्त जानकारी अनुसार राहत अनि  बचाउ कार्य पूरा भएपछि मात्र ट्रेन सेवाहरू बहाल गर्ने काम शुरू गरिएको छ। दुर्घटनास्थलमा ओवरहेड केबललाई ठीक गर्नको साथै त्यहाँको रेल लाइनलाई दुरुस्त पार्ने काम चलिरहेको छ। एकातिर, रेल दुर्घटना भएपछि नै रेलवे अधिकारीहरू घटनास्थलमा तैनाथ छन् भने अर्कोतिर, मंगलवार बिहानैदेखि रेलवेका विभिन्न पदाधिकारीहरू घटनास्थलमा आइपुगेर निरीक्षण गर्ने कार्य भइरहेको छ। आजदेखि मेन लाइनमार्फत ट्रेनहरूको चलाचल शुरू गर्ने प्रयास भइरहेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMCasibomholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobetcasibomcasibom güncel girişcasibomcasibom girişcasibom giriş