सोनादा: पश्चिम बङ्गाल सरकारद्वारा घोषित खेला होबे दिवस आज रङ्गबुल खेल मैदानमा भव्य रूपमा सम्पन्न भयो। जोरबङ्गलो थानाको आयोजनामा सम्पन्न खेला होबे दिवस कार्यक्रममा दार्जिलिङ सदर सीआइ भानु राई, जोरबङ्गलो थाना प्रभारी मिङ्गमा लेप्चा, स्थानीय गोजमुमो नेता राजेश चौहान, दावा डुक्पा, अरुण अग्रवाल, घुम बतासेका भुतपूर्व फुटबल खेलाडी राजेन गोलेको उपस्थिति रहेको थियो। उक्त खेला होबे दिवसमा घुम अनि रङ्गबुलका फुटबल क्लबहरूमाझ फुटबल खेल प्रतिस्पर्धा भयो। यस अवसरमा भाग लिने क्लबका खेलाडीहरुलाई फुटबल अनि ट्रफीहरू प्रदान गरियो।
