सोनादा : जोरबङ्गलो सुकेपोखरी खण्ड अन्तर्गत पर्ने रङ्गबुल अनि सोनादा बजार इलाकामा आज सेनिटाइज गरियो। जोरबङ्गलो सुकेपोखरी खण्ड विकास अधिकारी समिरुल इस्लाम, सोनादा थाना प्रभारी श्रीमती बन्दना प्रधान, जीटीए कोभिड सर्भिलेन्सका राजेश चौहान, ग्राम पञ्चायत कर्मचारीहरू लगायत रङ्गबुल सोनादा इलाकाका कोभिड स्वयंसेवकहरूको उपस्थितिमा रङ्गबुल अनि सोनादा बजार इलाकामा सेनिटाइज गरियो। जोरबङ्गलो सुकेपोखरी खण्ड विकास अधिकारी समिरुल इस्लामले कोभिड 19-को महामारीलाई रोकथाम गर्न राज्य सरकारद्वारा जारी गरिएको आदेशलाई पालन नगर्नेहरूलाई अन्तिम चेताउनी दिँदै आगमी दिनहरूमा नियम पालन नगरेको खण्डमा कानुनअनुसार कार्वाही गरिने जानकारी दिएका छन्।
