राष्ट्रिय चिकित्सक दिवसको अवसरमा डाक्टर तथा नर्सहरूलाई सम्मान

नक्सलबारी : राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आज नक्सलबारी खण्ड 2 तृणमूल छात्र परिषदको तर्फबाट एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रमको माध्यमद्वारा चिकित्सक, नर्स तथा अन्य चिकित्सा कर्मचारीहरूलाई सम्मान जनाइयो। नक्सलबारी खण्ड 2 तृणमूल छात्र परिषदका अध्यक्ष शुभम घोषले डाक्टर भगवानको रूप हो, दिन-रात रोगीहरूको सेवामा तिनीहरू लागि पर्दछन्। कोरोना महामारीको समयमा समेत डाक्टर, नर्स लगायत अन्य चिकित्सा कर्मीहरूले मानिसहरूको ज्यान बचाउनको लागि आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर रोगीहरूको सेवामा लागिपरेका छन्। यसैले तिनीहरूको योगदानको कदर गर्दै डाक्टर्स डे-को अवसरमा नक्सलबारी ग्रामीण अस्पताल लगायत विभिन्न ठाउँहरूमा चिकित्सक, नर्स आदिलाई खदा लगाइदिँदै सम्मान जनाइयो। यस अवसरमा नक्सलबारी खण्ड 2 तृणमूल युवा कङ्ग्रेस अध्यक्ष अरुण घोष, छात्र परिषदका खण्ड अध्यक्ष शुभम घोष, संयोजक उत्तम हुसेन लगायत अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *