दार्जिलिङ: भारतीय राष्ट्रिय कङ्ग्रेस दार्जिलिङ जिल्ला समितिले हालै भारतको सर्वोच्च न्यायालयले सुनाएको एउटा फैसलामा सिक्किमका नेपालीहरूको बारेमा एउटा आपत्तिजनक टिप्पणी गरेकोमा घोर आपत्ति जनाउँदै खेद प्रकट गरेको छ। आज पार्टीको दार्जिलिङ जिल्ला कार्यलयमा एउटा पत्रकार सम्मेलन डाकेर पार्टीका दार्जिलिङ जिल्ला महासचिव तथा राजीव गाँधी पञ्चायत संगठन, दार्जिलिङ जिल्लाका संयोजक अभिराज सुब्बाले उक्त मामिलामाथि घोर आपत्ति जनाउँदै प्रतिक्रिया व्यक्त गरेका छन्।