राष्ट्रिय फुटबल टोलीका पूर्व अधिनायक भाइचुङ भोटियाको नाममा निर्मित स्टेडियमको भोलि उद्घाटन गरिने

नाम्ची : राष्ट्रिय फुटबल टोलीका पूर्व अधिनायक तथा सिक्किम निवासी भाइचुङ  भोटियाको नाममा सिक्किमको नाम्चीमा नव निर्मित भाइचुङ भोटिया स्टेडियमको भोलि एउटा भव्य कार्यक्रमबीच उद्घाटन गरिने भएको छ। उक्त स्टेडियमको भोलि देशका उपराष्ट्रपति वकैया नायडुले उद्घाटन गर्ने भएका छन्। तथापि, हाल लगातार परेको पानीले गर्दा तिनी उपस्थित हुन सक्ने सम्भावना निक्कै कम्ती रहेको छ। यदि देशका उपराष्ट्रपतिको उपस्थित हुन नसकेको खण्डमा सिक्किमका राज्यपालले उक्त स्टेडियमको उद्घाटन गर्न सक्ने सम्बन्धित सूत्रले जानकारी दिएको छ। भोलिको उद्घाटन कार्यक्रममा राज्यका मुख्यमन्त्री पीएस गोले, अन्य विभिन्न विभागका मन्त्रीहरू लगायत राज्यका शीर्ष पदाधिकारीहरू उपस्थित रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *