खरसाङ : राष्ट्रिय रक कनटेस्टमा तीनधारेका युवाहरूद्वारा गठित मेटल ब्याण्ड ‘डिसेकटेट‘ दोस्रो भएको छ। उत्तर पूर्वी भारतको असममा भएको उक्त प्रतियोगितामा दार्जिलिङलाई प्रतिनिधित्व गर्दै तीनधारेका युवाहरूद्वारा गठित मेटल ब्याण्डले सहभागिता जनाएका थिए। उक्त 48औँ केवाईएफ राष्ट्रिय रक कनटेस्ट असमको तारालाङ्गसोमा भएको थियो। उक्त रक कनटेस्टमा तीनधारेका युवाहरू फाइनलमा पुगे तापनि फाइनलमा उप-विजेता बन्न सफल भए। उक्त रक म्युजिक प्रतियोगितामा देशका विभिन्न भागहरूबाट युवाहरूद्वारा गठित मेटल ब्याण्डहरूले सहभागिता जनाएका थिए जसमा तीनधारेको मेटल ब्याण्ड डिसेकटेट उप विजेता बन्न सफल भएर तीनधारे साथै सम्पूर्ण दार्जिलिङ पहाड़लाई नै गौरवान्वित तुल्याएको छ। तीनधारेका युवाहरूद्वारा गठित मेटल ब्याण्ड डिसेकटेट‘ सन् 2010 मा गठन गरेर मेटललिक म्युजिकमा अघि बढ़िरहेको थियो। राष्ट्रिय रक कनटेस्टमा तीनधारेका युवाहरूद्वारा गठित मेटल ब्याण्ड डिसेकटेट‘-मा स्वर दिने गायक योगेन मोक्तान, गिटारमा दिपेस गजमेर र रिवाज रिजाल, बेस गिटारमा ऋषिराज दर्नाल, ड्रममा रबिन्द्र तोलङ्गी रहेका छन्। यी पाँचजनाको मेटल ब्याण्ड डिसेकटेट‘-ले राष्ट्रिय रक कनटेस्टमा उप विजेता बनेर तीनधारे लगायत दार्जिलिङ पहाड़लाई नै गौरवान्वित बनाएको छ।
