रवीन्द्र जयन्तीमा मारवाडी युवा मञ्चको पहलमा बाघडुग्रा बालिका विद्यालयमा पिउने पानीको फिल्टरको उद्घाटन

बाघडुग्रा : विश्व कवि रवीन्द्रनाथ ठाकुरको जन्म जयन्तीको अवसरमा मारवाडी युवा मञ्चको पहलमा बाघडुग्रा बालिका विद्यालयमा पिउने पानीको फिल्टरको उद्घाटन गरियो। अमृतधारा प्रकल्पको माध्यमद्वारा विद्यार्थीहरूलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्य लिएर आज नयाँ फिल्टरको उद्घाटन गरियो। यसबाहेक रवीन्द्रनाथ ठाकुरको 162औँ जन्म जयन्तीको अवसरमा स्कुलको मञ्चमा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। यस अवसरमा अप्पर बाघडुग्रा ग्राम पञ्चायत प्रधान सञ्जीव सिन्हा लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा संगठनका सभापति सुमन अग्रवालले बताएअनुसार आज द्वितीय अमृतधारा प्रकल्पको उद्घाटन गरियो। विद्यार्थीहरूलाई पिउने पानीको सुविधा होस् भन्ने उद्देश्य लिएर उक्त पहल गरिएको हो। आगामी दिनमा विभिन्न स्कुलमा पिउने पानीको व्यवस्था गरिने तिनले आश्वासन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *