रेलिङ च्याम्पियन ट्रफी कुमार स्पोर्टिङ क्लब गान्तोकको झोलीमा

बिजनबारी: बिजनबारी भेगको प्रतिष्ठित फुटबल प्रतियोगिता रेलिङ च्याम्पियन ट्रफी फुटबल प्रतियोगिताको फाइनल खेलमा कुमार स्पोर्टिङ क्लब गान्तोक विजयी बनेको छ। गणतन्त्र दिवसको दिन आयोजित रोमाञ्चक फाइनल खेलमा बिजनबारी फुटबल टोलीलाई ट्राइ ब्रेकरमा पराजित गरेर कुमार स्पोर्टिङ क्लबले नगद 2 लाख रूपियाँसहित ट्रफी हत्यायो। बिजनबारीको रेलिङ खेल मैदानमा सम्पन्न फाइनल खेलमा जीटीए चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापा प्रमुख आतिथिका रूपमा उपस्थित थिए। अति रोमाञ्चित फाइनल खेलमा निर्धारित समयसम्म दुवै टोलीले एक-एक गोलको बराबरीमा खेल समाप्त भएपछि अतिरिक्त खेलाइएको खेल अवधिमा फेरि दुवै टोलीले विपक्षी नेटमा पुनः एक- एक गोल गरेपछि ड्र भएकोले खेलको अन्तिम निर्णय ट्राइ ब्रेकरमार्फत गरियो। रोमाञ्चक ट्राइब्रेकरमा 3 को विरूद्ध 4 गोल गरेर कुमार स्पोर्टिङ क्लब गान्तोक यस वर्षको नगद राशि रेलिङ फुटबल प्रतियोगिताको च्याम्पियन बन्यो। गोजमुमो उपाध्यक्ष एवं आयोजक प्रमुख संरक्षक सतिश पोखरेलको बाहुलीबाट विजयी टोलीलाई ट्रफी सहित नगद राशि 2 लाख प्रदान गरियो। यसको साथै दुवै टोलीका खेलाडीहरूलाई विशिष्ट अतिथिहरूको बाहुलीबाट ट्रफी प्रदान गरियो। टुर्नामेन्ट अफ् द प्लेयर बीएफसी-का खेलाडी स्टेफन क्यामरून, उत्कृष्ट खेलाडी कुमार स्पोर्टिङका साङ्गे भोटिया, सर्वोच्च गोल दाग्ने रेड पाण्डाका कुन्जमान थापा, उत्कृष्ट गोल रक्षक प्लेयिङ सेभेन नेपालको विनोद छेत्री अनि उत्कृष्ट दल अमुक्त परिवार सिलगढीलाई चयन गरेर तिनीहरूलाई पुरस्कृत गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO