बिजनबारी: कृषकहरूलाई स्वालम्बी तथा खेतापातीमाथि प्रोत्साहन गराउने उद्देश्य लिएर कृषि विभागको आयोजनामा दार्जिलिङ पुलबजार खण्डका विभिन्न ठाउँहरूमा कृषकहरूलाई किचन गार्डनका समानहरू वितरण गरियो। यसै क्रममा आज रेलिङ ग्राम पञ्चायत कार्यालयमा पनि कृषकहरूलाई किचन गार्डनका समानहरू बेल्चा, काँटा, बीउ-बिजन आदि वितरण गरियो। यसको साथै रेलिङ खेल मैदानमा पनि महादेव छेत्रीको विशेष उपस्थितिमा 100 भन्दा अधिक कृषकहरूलाई किचन गार्डनका सर-समानहरू वितरण गरेको बताइएको छ। यस अवसरमा राज्य सभा सांसद शान्ता छेत्री, उपाध्यक्ष सतीश पोख्रेल आदि उपस्थित थिए।