रेलिङ सेवा संघद्वारा सडकको सफाई तथा मरमति

बिजनबारी : अन्तर्राष्ट्रिय प्लास्टिक मुक्त दिवसलाई पालन गर्दै आज रेलिङ सेवा संघका सदस्यहरूले बिहिबारेदेखि रेलिङसम्म लगभग एक किलोमिटर बाटो अनि यसको वरिपरि साफ सफाई गर्यो। यसको साथै संघले खाल्डो परेको सड़कमा गिटी बालुवा अनि सिमेन्टद्वारा मरमति गर्ने कार्य गरेको समितिका सचिव दीपा तामाङले बताइन्। यस कार्यको निम्ति तिनले सहयोग पुर्‍याएका सबैप्रति आभार प्रकट गरेकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *