आरजी कर घटनाको विरोधमा भाजपाको बाघडुग्रामा विरोध रैली साथै पथ अवरोध

बाघडुग्रा,16 अगस्त (निसं): आरजी कर घटनाको विरोधमा भाजपाले आज बाघडुग्रामा प्ला कार्डहरू लिएर विरोध रैली गर्नको साथै पथ अवरोध गरे। मतिगढा-नक्सलबारीका भाजपा विधायक आनन्दमय बर्मनको नेतृत्वमा भाजपा कार्यकर्ताहरू अनि समर्थकहरूले शुक्रबार बाघडुग्राको बिहार मोडमा सडक जाम गरे। यस अवसरमा उपस्थित भाजपा समर्थकहरूले आरजी कर घटनाका दोषीहरूलाई चाँडै कठोर सजाय दिनु पर्ने मांग गर्दै लेखेका प्ला कार्डहरू पनि बोकेका थिए। भाजपाको उक्त विरोध रैली साथै सडक जामलाई लिएर इलाकामा तनाउको माहौल देखा पऱ्यो। यस अवधि पुलिससित प्रदर्शनकारीहरूको धक्का-मुक्की समेत भयो। तर पछि पुलिसले स्थितिलाई नियन्त्रित गऱ्यो। भाजपा विधायक आनन्दमय बर्मनले सम्पूर्ण घटनाको जम्मेवारी लिएर राज्यका मुख्यमन्त्रीले आफ्नो पदबाट राजीनामा दिनु पर्ने मांग गरेका छन्। तिनले अझ भने, यो सरकारले दोषीहरूलाई लुकाउने प्रयास गर्दैछ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet