आरजी कर मामिला: दोषीहरूलाई सजाय दिनु पर्ने मांग गर्दै बेलाकोवामा विरोध रैली

राजगञ्ज, 23 अगस्त (निसं): पानी परे तापनि यसको पर्वाह नगरी आरजी कर मामिलामा दोषीहरूलाई चाँडै कठोर सजाय दिनु पर्ने मांग गर्दै बिहिबार साँझमा बेलाकोवामा एउटा विशाल विरोध रैली निकाल्यो। उक्त रैलीमा महिला, पुरुष तथा बाल-बालिकाहरू समेत सामेल भएका थिए। स्मरण रहोस, कलकताको आरजी कर मेडिकल कलेज एवं अस्पतालमा एक जना महिला डाक्टरको दुष्कर्म अनि हत्या गरेको घटनालाई लिएर हाल देशभरिमा नै मानिसहरूले आक्रोशित भएर विरोध प्रदर्शन गर्दै आइरहेको छ। यसको साथै राज्यको विभिन्न जिल्लाहरूमा पनि विभिन्न राजनीतिक तथा गैर राजनीतिक संगठनहरूले विरोध प्रदर्शन गरिरहेको छ। यसैबीच,बिहिबार बेलाकोवामा पनि विशाल विरोध रैली निकालिइयो। पानी परिरहे तापनि बेलाकोवा हाई स्कूल मैदानबाट उक्त विरोध रैली निकालेर विभिन्न मार्गहरूको परिक्रमा गर्दै पुनः हाई स्कूल मैदानमा आइपुगेर यसको समापन गरियो। रैलीमा सामेल मानिसहरूले दोषीहरूलाई चाँडै कठोर सजाय दिनु पर्ने साथै महिला सुरक्षाको मांग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomjojobetCasibomcasibom girişcasibomcasibom girişCASİBOMholiganbet girişizmir escort bayancasibomcasibom güncel girişcasibom güncelCasibomCasibom Girişholiganbetholiganbet girişcasibom girişjojobetjojobet girişjojobet güncel girişCasibomcasibomjojobet