रिम्बिक: जीटीए प्रमुख कार्यपाल अनित थापा रिम्बिक लोधोमा समष्टिको दुई दिने भ्रमणमा बुधवार साँझ रिम्बिक आइपुगेका छन्। यस भ्रमण अवधि तिनलाई बाटो-बाटोमा रोकेर जनताले खादा-माला लगाई दिएर भव्य स्वागत गरे। रिम्बिक लोधोमाको भ्रमण गर्नुको मुख्य उद्देश्य जीटीए कार्यप्रणाली विषयमा जनतालाई अवगत गराउनु रहेको साथै पहाडको निम्ति आफूले राखेको भिजन जनतालाई बताउनु रहेको कुरा अनित थापाले बताएका छन्।

अर्कोतिर, भागोप्रमो-को आयोजनामा आज रिम्बिक लोधोमा समष्टिमा एउटा कार्यक्रमबीच स्थानीय मानिसहरूले जातीय भेष-भूषामा नौमति बाजाको साथमा जीटीए प्रमुख कार्यपाल अनित थापालाई भव्य स्वागत जनाए।
