रिम्बिक: गत केही दिनदेखि पैह्रोको चपेटामा परेर रिम्बिक लोधोमा समष्टि अन्तर्गत सुदूरवर्ती सिरीखोला, टिम्बुरे अनि गुर्दुम क्षेत्रका सड़क बाधित भए तापनि यतिका दिन बितिसक्दा पनि सम्बन्धित विभागले उक्त सड़क खोल्ने पहल गरेको छैन। यसैले बाध्य भएर गाउँलेहरू सबै मिलेर आफै बाटो खोल्ने कार्य शुरू गरेका छन्। उक्त सडक पीडब्ल्युडी अन्तर्गत पर्ने भए तापनि विभागले ढिलाई गरेकोले बाटो अवरोध भएपछि गाउँवासीहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दै बाध्य भएर सबैजना मिलेर सड़क खोल्ने कार्य शुरू गरेको गाउँलेहरूको भनाइ रहेको छ।