रिमझिम परियोजना मार्फत् लायन्स क्लब इन्टरनेशनलको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई छाता वितरण

सिलगढी : रिमझिम परियोजना अन्तर्गत आज लायन्स क्लब इन्टरनेशनलको तर्फबाट आवश्यकमन्द मानिसहरूलाई छाता वितरण गरियो। सिलगढीको वर्द्धमान रोडस्थित सिलगढी लायन्स क्लब इन्टरनेशनल-को कार्यालयमा आज रिमझिम परियोजना अन्तर्गत धेरैजना आवश्यकमन्द मानिसहरूलाई छाता वितरण गरियो। यस विषयमा संस्ताका डिस्ट्रिक गभर्नर हेमन्त कुमार अग्रवालले भने, संस्थाको तर्फबाट छाता वितरण गर्नको साथै आज बिहान एसएफ रोडको सिद्देश्वरी कालीबारीको प्राङ्गणमा स्थायी सेन्ट्रल कम्युनिटी किचनको शिलान्यास गरियो। उक्त किचनको माध्यमद्वारा सयौँ मानिसहरूलाई भोजन प्रदान गरिनेछ भने आज लगभग 200 जना मानिसहरूको लागि दिउँसोको भोजनको व्यवस्था गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *