रोहिणीको कोठी डाँड़ा र दुधेको राई गाउँ जाने पक्की सड़कको अनित थापाले गरे उद्घाटन

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा विनय-अनित खेमा पंखाबारी-अम्बटे समष्टिको सभा आज रोहिणीको आलेटप मैदानमा प्रदीप प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभामा मुख्य अतिथिको रूपमा पार्टीको केन्द्रिय महासचिव तथा जीटीए अध्यक्ष अनित थापा उपस्थित थिए। यस अवसरमा जीटीए अध्यक्ष अनित थापाले सभास्थलबाट नै रोहिणीको बाटोदेखि कोठी डाँड़ासम्म पुग्ने पक्का बाटो अनि दुधेको एसएच बाह्रदेखि राई गाउँसम्मको पक्की सड़कको विधिवत उद्घाटन गरे। आफ्नो सम्बोधनमा अध्यक्ष थापाले आफुले जनतालाई ढाँटेर कहिले पनि राजनीति नगर्ने आज फेरि स्पष्ट पारे। तिनले कसैको नाम नलिइ तर पहाड़मा विगत 86 देखिनै नेताहरूले जनतालाई ढाँटेर राजनीति गरेको फलस्वरुप आजसम्म पहाड़को जनताले दु:ख पाएको बताए। गोर्खाल्याण्ड ल्याउने कसरी हो थाहा नभए पनि जनतालाई भने गोर्खल्याण्डको झुटो आश्वासन दिएर भोट बटुल्ने कार्य मात्र गरेको थापाले आरोप लगाउँदै गोर्खाल्याण्ड नेताले होइन तर बौद्धिक जमातले माग्ने माग रहेको बताए। तिनी कहिले पनि जनताको भावनासँग खेल्दै भोट माग्न नजाने बताए। थापाले आज चारैतिर समस्या रहेको तथा आफू यस्तो चुनौतीपूर्ण स्थितिबाट हिडिरहेको जनाउँदै आफु पदमा भइञ्जेलसम्म जनतालाई नझुक्याइ जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। सभालाई युवा मोर्चा समष्टि सभापति तुषार राई, पंखाबारी उच्चतर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका कल्पना प्रधान, बलराम छेत्री आदिले पनि सम्बोधन गरेका थिए। फूलचन्द कुजूरले सन्चालन गरेको अनि समष्टि सचिव ललित प्रधानले स्वागत सम्बोधन गरेको सभामा पार्टीको खरसाङ महकुमा समिति महासचिव अनोश थापा लगायत ऋषिका छेत्री, समीरदीप ब्लोन, बीओए सदस्य अनु प्रधान, डीटीडीपीएलयु केन्द्रिय समिति सभापति करुणा गुरूङ, दया देवान, प्रणाम रसाईली, सन्तोष लामा, पीआरओ आरबी लामा, पेमेन्द्र गुरूङ लगायत समष्टि अनि खरसाङ महकुमा समिति अनि विभिन्न शाखाका नारी मोर्चा, युवा मोर्चा अनि प्यारेन्स बडीका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişcasibom girişdeneme bonusubahsegel girişbaywin girişmatadorbet girişMARSBAHİSMARSBAHİS GÜNCEL GİRİŞcasibom