रोजगार मेलाको माध्यमद्वारा केन्द्रीय राज्य मन्त्रीले युवाहरूलाई सुम्पिए रोजगार पत्र

राजगञ्ज (निसं): केन्द्रीय राज्य मन्त्री शान्तनु ठाकुरले रोजगार मेलाको माध्यमद्वारा नोकरीको नियुक्ति पत्र प्रदान गरे। केन्द्र सरकारको तर्फबाट आज देशभरिमै 45 वटा ठाउँमा रोजगार मेलाको आठौँ चरणको आयोजना गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सको माध्यमद्वारा रिमोट बटन थिचेर 51 हजार नवनियुक्त कर्मचारीहरूलाई नियुक्ति पत्र प्रदान गरियो। यसबाहेक आज प्रधानमन्त्री नरेन्द्र मोदीले पनि युवा समाजलाई सम्बोधन गरे। आज रोजगार मेला अन्तर्गत बीएसएफको राधारबारी सेक्टर मुख्यालयमा एउटा कार्यकमको माध्यमद्वारा महिलाहरू लगायत लगभग 281 जनालाई रोजगार पत्र प्रदान गरियो। केन्द्रीय राज्य मन्त्री शान्तनु ठाकुरले आज तीमध्ये 25 जनालाई नियुक्ति पत्र प्रदान गरे। यस सम्बन्धमा केन्द्रीय राज्य मन्त्री शान्तनु ठाकुरले भने, यो रोजगार मेला देशका प्रधानमन्त्रीको नेतृत्वमा देशभरिमै आयोजना गरिरहेको छ। भारतमा रोजगारी प्राप्त गर्नेहरूलाई प्रोत्साहित गर्नु आफूहरूको मुख्य उद्देश्य हो। युवा समाज जति प्रोत्साहित हुन्छ त्यति नै देशको फाइदा हुनेछ, देश अघि बढ्नेछ। देशलाई अघि बढाउनको लागि युवाहरूलाई प्रोत्साहित गरिनुपर्ने प्रधानमन्त्रीको उद्देश्य रहेको छ। यस अवसरमा बीएसएफ-को उत्तर बंगाल फ्रन्टियरका महानिरीक्षक दीपक एम दामोर लगायत बीएसएफ-का अधिकारी तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

jojobetCasibom GirişJojobet GirişcasibomMeritking Girişholiganbet girişbaywincasibom girişcasibom girişdeneme bonusuCASİBOM GÜNCELcasibom girişcasibomgrandpashabet giriş