रोजगार मेलाको माध्यमद्वारा मन्त्री निशीथ प्रमाणिकले युवाहरूलाई सुम्पे नोकरीको नियुक्ति पत्र

राजगञ्ज: रोजगार मेलाको माध्यमद्वारा केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले आज युवाहरूलाई नोकरीको नियुक्ति पत्र सुम्पे। केन्द्र सरकारको तर्फबाट आज देशभरिमै 45 वटा ठाउँमा उक्त रोजगार मेलाको आयोजना गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भीडियो कन्फ्रेन्सको माध्यमद्वारा रिमोट बटन थिचेर 71,000 नवनियुक्त कर्मीहरूलाई नियुक्ति पत्र सुम्पेका छन्। यसको साथै प्रधानमन्त्री नरेन्द्र मोदीले युवा समाजलाई पनि सम्बोधन गरे। यस रोजगार मेला अन्तर्गत बीएसएफ-को राधारबाड़ी सेक्टर हेडक्वार्टरमा एउटा कार्यक्रमको माध्यमद्वारा महिलाहरू लगायत लगभग 200 जनालाई रोजगार पत्र सुम्पियो। केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले आज तीमध्ये 25 जनालाई नियुक्ति पत्र सुम्पेको बताइएको छ। यस सम्बन्धमा केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रमाणिकले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले देशका युवाहरूलाई बेरोजगारी समाप्त गर्ने वाचा गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले देशका 10 लाख युवाहरूलाई सरकारी नोकरी दिने वाचा गरेका छन्। हामीले गत महिना रोजगार मेलाको माध्यमद्वारा लगभग 75 हजार युवक-युवतीहरूलाई रोजगार पत्र दिइसकेका छौँ। यस रोजगार मेलाको माध्यमद्वारा आज पनि लगभग 71 हजार युवक-युवतीहरूलाई रोजगार पत्र प्रदान गरियो। यस अवसरमा बीएसएफ नर्थ बंगाल फ्रन्टियरका इन्स्पेक्टर जनरल अजय सिंह लगायत बीएसएफ-का केही अन्य अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomgameofbet girişcasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes