खरसाङ: अतिरिक्त समयको अन्तिम क्षणमा प्रभात तामाङले छिऱ्याएको गोलले दार्जीलिङको हिमालयन स्पोर्टिङ क्लब आठौँ खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको क्वार्टर शेयर फुटबल फाइनलमा प्रवेश गरेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकुद सङ्घको तत्त्वावधानमा स्थानीय चानमारी मैदानमा आयोजित आज खेलिएको रोमाञ्चक म्याचमा हिमालयन स्पोर्टिङ क्लबले शेयर फुटबल क्लब कालेबुङलाई 3-2 गोलले पराजित गऱ्यो। निर्धारित समयको खेलमा स्कोर 2-2 गोल बराबरीमा रहेपछि थप खेलाइएको अतिरिक्त समयको अन्तिम 15 मिनटको खेलमा हिमालयन स्पोर्टिङ क्लबले वुक्षी नेटमा निर्णायक गोल गरेर बिजयी बनेको छ।
आजको विजेता टीमले 23 जनवरीमा खेलिइने क्वार्टर फाइनल म्याचमा कञ्चनजङ्घा फुटबल क्लब (केएफसी)- सिलगढीको सामना गर्नेछ। यसरी नै बिहीवार खेलिने म्याचमा कालेबुङको युनाइटेड ब्रदर्सले मिरिक युथ क्लबको चुनौती स्वीकार्नेछ। आजको खेलमा पराजित टोली शेयर एफसी-का बिरेन राईलाई म्यान अव् द म्याच चयन गरियो।