सिलगढी : रोटरी क्लब अफ सिलगढी उत्तरायणको तर्फबाट आज शिक्षक दिवसको उपलक्ष्यमा मोठ 27 जना शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाइयो। उक्त समारोहमा मुख्य अतिथिको रूपमा सीआरपीएफ ग्रुप सेन्टर डीआईजी अनिल कुमार जी उपस्थित थिए। रोटरी क्लब सिलगढी उत्तरायणका अध्यक्ष अजय गुप्ताले आज शिक्षक दिवसको अवसरमा शिक्षक-शिक्षिकाहरूलाई सम्मान जनाउन पाउँदा आफूले गौरवान्वित अनुभव गरेको साथै आगामी दिनमा पनि संस्थाको तर्फबाट शिक्षक-शिक्षिकाहरूलाई प्रोत्साहन गर्ने बताए।

उक्त कार्यक्रममा रोटरी एजी एसके सिन्हा, सचिव नरेश अग्रवाल, रोटरी उत्तरायणका केही पूर्व अध्यक्षहरू लगायत धेरै संख्यामा सदस्यहरू उपस्थित थिए।
