सिलगढी (निसं): रुख छाँट्ने बहानाले रुखका हाँगाहरू काटेर बेचेको आरोपमा एनजेपी पुलिसले 2 जनालाई हिरासतमा लिएको छ। उक्त घटना सिलगढी नगरनिगमको 34 नम्बर वार्ड अन्तर्गत मो बजार इलाकामा घटेको हो। उक्त इलाकामा एउटा धेरै पुरानो बरको रुख छ। स्थानीय मानिसहरूको आरोप अनुसार केही मानिसहरूले उक्त रुखको छाँट्ने बहानाले रुखका हाँगाहरू काटेर बेच्ने प्रयास गरिरहेको थियो। आज दिउँसो स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि 2 जना व्यक्तिलाई पक्रेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर 2 जना व्यक्तिलाई हिरासतमा लिएर थाना लगेको बताइएको छ।