रम-रक्सी बनाउने कारखानाको देवाल भत्केर इलाकामा दूषित पानी पसेपछि स्थानीयहरूद्वारा विक्षोभ प्रदर्शन

सिलगढी :  वर्षाले गर्दा रम-रक्सी बनाउने कारखानाको देवाल भत्केर कारखानाभित्रको मैला पानी इलाकाको घरहरूमा पसेपछि स्थानीय मानिसहरूले आज कारखानाको गेटमा ताला झुन्डाएर विक्षोभ प्रदर्शन गरे। गत राति परेको अधिक पानीले गर्दा डाबग्राम फुलबारी विधानसभा अन्तर्गत ठाकुरनगर इलाकामा रहेको रम-रक्सी बनाउने कारखानाको देवालको एउटा अंश भत्केपछि कारखानाको मैला पानी इलाकाको घरहरूमा प्रवेश गर्न थालेपछि यसको दुर्गन्धले इलाकावासीहरूलाई असुविधा भइरहेको छ। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त कारखानाको मैला पानी इलाकाको घरहरूमा रहेको कुवामा पनि पसेको छ। उक्त मैला पानी हात-खुट्टामा लागेपछि चर्म रोगको आशंका रहेको तिनीहरूले बताए। यसभन्दा अघि पनि कारखानाका मालिकहरूलाई यसबारे जानकारी गराए तापनि कुनै पहल नगरेको तिनीहरूको आरोप रहेको छ। स्थानीय मानिसहरूले आज धेरै लामो समयसम्म कारखाना अघिको गेटमा ताला झुन्डाइदिनको साथै विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेपछि पुलिसको हस्तक्षेपमा परिस्थिति नियन्त्रणमा ल्याइयो। यस सम्बन्धमा कारखानाको मालिक कर्तृपक्षसित सम्पर्क गर्दा तिनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/